चितवनमा साँतजना जुवाडे पक्राउ

चितवनमा साँतजना जुवाडे पक्राउ

चितवन , २८ असोज। 
चितवनमा साँतजना जुवाडे पक्राउ परेका छन् । जुवाँ खेलिरहेका साँतजनालाई गएराति प्रहरीले भरतपुर महानगरपालिका वडा नम्बर २ बालकुमारी रोडबाट पक्राउ गरेको हो । तनहुँ घरभई हाल बालकुमारी रोडमा डेरा गरि बस्ने बर्ष ३५ को राजेश कुमार बि.क.को कोठाबाट प्रहरीले साँतजना जुवाडे सहित नगद ७८ हजार ५ सय ५ रुपैँया बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बि क ले घरको तेस्रो तल्लामा आफ्नै कोठामा जुवातास खेलाई रहेको अबस्थामा वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरिक्षक रविन वावु रेग्मीकोे नेतृत्वमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । प्रहरीले जिल्ला चितवन भरतपुर २ बस्ने बर्ष ३५ को राजेश बि.क. , भरतपुर २ क्षेत्रपुर बस्ने बर्ष ३१ को बिशाल लामा , भरतपुर १ बस्ने बर्ष ३५ को कपिल गुरुङ , भरतपुर १ बस्ने बर्ष ३५ को सरोज पोख्रेल , भरतपुर १ बस्ने बर्ष ३५ को राजन ठकुरी , नवलपुर जिल्ला गैंडाकोट ९ बस्ने बर्ष ३४ को कर्म गुरुङ र लमजुङ घर भएका बर्ष ३२ को एडेन गुरुङलाई पक्राउ गरेको हो ।