बन्यजन्तुबाट हुने क्षति न्यूनिकरण गर्न चितवनमा बिमा कार्यक्रम सुरु

बन्यजन्तुबाट हुने क्षति न्यूनिकरण गर्न चितवनमा बिमा कार्यक्रम सुरु

चितवन , २९ कार्तिक।
चितवनमा बन्यजन्तुबाट हुने क्षति न्यूनिकरण गर्न बिमा कार्यक्रम सुरु गरिएको छ । चितवनको रत्ननगर नगरपालिका वडा ७ स्थित बाघमारा मध्यवर्ती सामुदायिक वनले आफ्नो उपभोक्तहरुलाई बिमा कार्यक्रम सुरु गरेको हो ।

कार्यक्रमको प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले बिमा लेख हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले समुदायमा आधारित बिमा कार्यक्रम उत्कृष्ट रहेको भन्दै यसलाई दिर्घकालिन बनाउन स्थानिय समुदायले स्वामित्व लिनुपर्नेमा जोड दिए । वनका एक सय ५९ घरधुरी उपभोक्ताको बिमा गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट आउने बन्यजन्तुको आक्रमणमा परि त्यस आसपाँसमा जिउधनको क्षति हुदै आएको थियो । मानव बन्यजन्तुबिचको द्धन्दसमेत बिमा कार्यक्रमले गर्दा कम हुने रत्ननगर नगरपालिकाका मेयर नारायण वनले विश्वास व्यक्त गरे । रत्ननगर नगरपालिका, बाघमारा मध्यवर्ती सामुदायिक वन, मृगकुञ्ज मध्यवर्ती उपभोत्ता समिति र अर्थ ईस्टिच्युटको सहकार्यमा बिमा गरिएको हो ।

रत्ननगर नगरपालिकाको नेतृत्वमा बिमा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाको २५ प्रतिशत, अर्थ ईस्टिच्युटको २५ प्रतिशत, बाघमारा मध्यवर्ती सामुदायिक वन र मृगकुञ्ज मध्यवर्ती उपभोत्ताको २५ प्रतिशत र उपभोत्ताको २५ प्रतिशत लगानी गरेको बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तामाङले बताए । विमा कार्यक्रमले मृत्यु भएमा १० लाख, घाईते भएमा १ लाख घर तथा भौतिक संरचनामा क्षती भएमा १० लाख, घरपालुवा जनावरको मृत्यु भएमा १२ देखि ४० हजार सम्म र बालिनालीमा क्षती भएमा क्षती भएको ७५ प्रतिशत बिमा मार्फत राहात पाउने छन् ।