सौराहा आएका विश्वभरका रेन्जरलाई भव्य स्वागत

सौराहा आएका विश्वभरका रेन्जरलाई भव्य स्वागत

कार्तिक २९ गते । नेपालको तेश्रो पर्यटकीय गन्तव्य सौराहाको सम्मेलनमा भाग लिन आएका विश्वभरका रेन्जरहरुलाई क्षेत्रीय रेवान सौराहाले स्वागत गरेको छ । होटल सेभेन स्टारमा जारीमा सम्मेलनका क्रममा रेवान सौराहाले उनीहरुलाई बाजागाजासहित भव्य स्वागत गरेको हो । रेन्जरहरुलाई होटल सेभेन स्टारमा टिका लगाएर स्वागत गरेपछि सौराहा परिक्रमा गराईएको रेवान सौराहाका कार्यवहाक अध्यक्ष नरेश गिरीले वताए । पञ्चेवाजासहित थारु समुदायका युवाहरुले आफ्नो सास्कृतिक लठ्ठी नाच समेत देखाएका थिए ।

७० देशबाट आएका रेन्जरहरुलाई रेवानका निवर्तमान अध्यक्ष गोकर्ण गिरी,रेवान महिला समुहकी अध्यक्ष माला दाहाल लगायत रेवानका पदाधिकारीहरुले टिका र माला लगाई स्वागत गरेका थिए । सौराहा परिक्रमका अवसरमा विभिन्न देशका रेन्जरहरु यहाँको स्वागत र थारु संस्कृति देखेर खुसी भएको देखिन्थे । शनिवार सम्म चल्ने सम्मेलनमा विश्वभरका ५ सय ५० भन्दा वढि रेन्जरहरु सहभागी छन् ।