खैरहनीको सार्वजनिक सुनुवाई

खैरहनीको सार्वजनिक सुनुवाई

चितवन , ३० असार

खैरहनी नगरपालिकाको तेश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सोमवार सम्पन्न भएको छ । प्रफेक्ट मिडियो सोलुसन प्रालिको समन्वयमा खैरहनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७५÷०७६ को अन्तिम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।

कार्यक्रममा नगरवासीहरुले सहज रुपमा सुचना प्रवाह हुनु पर्ने,मुख्य बाटोमा नगरस्तरीय वजेटबाट पिच गर्नु पर्ने,नक्सामा भएका कुलोहरु खोल्नु पर्ने,ऐलानी जग्गा संरक्षण गरि वृक्षारोपण गर्नु पर्ने लगायत विषयमा नगरपालिकाले ध्यान दिनु पर्ने वताए । खैरहनी ५ का लक्ष्मण सुवेदीले पिच हुन नसक्ने ६ मिटर भन्दा कम रहेका बाटोमा उच्च स्तरीय ग्रावेल गर्नु पर्ने , दिवा खाजा कार्यक्रमलाई सवै स्थानमा विस्तार गर्नु पर्ने,विद्यालयलाई दिईने अनुदानमा विचार गर्नु पर्ने माग गरे ।

खैरहनीकी उपप्रमुख सुनिता खरेल थपलियाले नगरवासीको चाहना अनुसार नगरपालिकाले काम गर्दै गएको उल्लेख गर्दै कमीकमजोरीलाई सच्चाउने प्रतिवद्धता जनाईन् । सेवा प्रदायक संस्था प्रफेक्ट मिडिया सोलुसनका संचालक विकास पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा,खैरहनी १२ का वडाध्यक्ष टिकाराम तिमल्सीना,प्रशासकीय अधिकृत प्रकाशचन्द्र पौडेलले नगरवासीले राखेका जिज्ञासाको जवाफ दिएका थिए ।