चोरी गर्ने तिनजना पक्राउ

चोरी गर्ने तिनजना पक्राउ

काठमाडौँ , ३० साउन

काठमाडौँ उपत्यका , ललितपुर लगायतको स्थानमा चोरी गर्ने तिनजनालाई प्रहरीले पक्राउ गरेको छ । पछिल्लो केहि महिनायता विभिन्न स्थानमा सुन चाँदिका गरगहना , नगद , मोबाइल , ल्यापटप लगायतको सामाग्रीहरु चोरी गरेको आरोपमा प्रहरीले बुधबार तिनजनालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट चोरी भएका गरगहँना , नगद , मोबाइल , ल्यापटप , घर फोर्न प्रयोग हुने औजार सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । अपराध शाखा ललितपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुर जिल्ला , टिस्टुङ गाँउपालिका घरभई हाल काठमाडौँ कलंकी खसीबजार बस्ने बर्ष १९ को जिवन स्याङतान , डोटि जिल्ला जोराईन गाँउपालिका वडा नम्बर ४ घरभई हाल काठमाण्डौ बल्खु बस्ने बर्ष ४४ को धन बहादुर थापा र बर्ष २१ को राम बहादुर थापालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।