गोली प्रहार गरि एकजनाको हत्या , पैसा लुट्न गोली प्रहार भएको आशंका

गोली प्रहार गरि एकजनाको हत्या , पैसा लुट्न गोली प्रहार भएको आशंका

रुपन्देही , २९ भदौँ

रुपन्देहीमा गोली हानी एकजनाको हत्या भएको छ । ओमसतिया गाउँपालिका ५ का ३५ वर्षीय महेन्द्र कुर्मीको रोहिणी गाउँपालिका ३ वैकुण्ठपुरमा गोली हानी हत्या भएको हो ।

हिमालयन बैंक भैरहवाबाट रकम निकालेर जाँदै गर्दा कुर्मीमाथी अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । श्रीमतीसँग मोटरसाइकलमा जाँदै गरेका कुर्मीलाई अर्को मोटरसाइकल आएका दुई जनाले गोली हानेको प्रहरीले जनाएको छ । बैंकबाट पैसा निकाले फर्कदै गर्दा गोली प्रहार भएकोले पैसा लुट्नकै लागि कुर्मीमाथी गोली प्रहार भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।