झमटा प्रतियोगितामा वाईएसीडी प्रथम

झमटा प्रतियोगितामा वाईएसीडी प्रथम

चितवन , २९ भदौ

थारु महिलाहरुको महान पर्व जितियाको अवसर पारेर खैरहनी १० मा आयोजित झमटा प्रतियोगितामा वाईएसीडि झमटा समुह प्रथम भएको छ ।कठार युवा झमटा समुह द्धितिय हुँदा वैरहनी झमटा समुह तृतिय भएको छ ।

कठार युथ क्लवको आयोजनामा भएको प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय स्थान हासिल गर्ने समुहले क्रमश नगद १५ हजार,१० हजार र ५ हजार रुपैया प्राप्त गरेको प्रतियोगिताका संयोजक मनोज चौधरीले जानकारी दिए । मुलुकमा वढ्दो भ्रष्टचारलाई नियन्त्रण गर्ने उदेश्यका साथ भ्रष्टचार विरुद्धको झमटा प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतियोगिताका प्रमुख अतिथी खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले समयको परिवर्तनसंगै थारु सस्कृति लोप हुने खतरा रहेको औल्याउँदै युवाहरुले आफ्नो कला,सस्कृति,भेषभुषाको संरक्षण गर्नु पर्ने वताए । नगरपालिका भित्र विभिन्न जातजाति रहेको वताउँदै मेयर चौधरीले ति जातजातिको संस्कार,सस्कृति,भाषा जर्गेनामा प्रतिवद्ध रहेको वताए । कठार युथ क्लवका अध्यक्ष अशोक चौधरीको अध्यक्षतामा भएको प्रतियोगिताका विजेताहरुलाई खैरहनी नगरपालिका उपमेयर सुनिता थपलिया,खैरहनी १० का वडा अध्यक्ष कारीराम चौधरीले पुरस्कार वितरण गरेका थिए ।