ललितपुरमा सिरक पसलबाट लागुऔषध बरामद , ६ जना पक्राउ

ललितपुरमा सिरक पसलबाट लागुऔषध बरामद , ६ जना पक्राउ

ललितपुर , २९ असोज। 
ललितपुरको एक सिरक डस्ना पसलबाट लागुऔषध बरामद भएको छ । अपराध महाशाखा टेकुबाट प्रहरी निरिक्षक सुरज कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका वडा नम्बर ६ बाट लागुऔषध सहित ६ जनालाई मंगलबार पक्राउ गरेको हो ।

प्रहरीले ललितपुर निवासी बर्ष २७ को सरोज कार्की ,बर्ष ३३ को सनम श्रेष्ठ , बर्ष २० को आशिष श्रेष्ठ , फर्पिङ घरभई हाल इमाडोल बस्ने बाषर्् २४ को रुपेश कर्माचार्य , भारतको मोतिहारी घर भएका रंजित शाह र सिरक पसलमा काम गर्ने जितलाल कुमार शाहलाई पक्राउ गरेको छ । लागुऔषधको कारोबार हुने सूचनाको आधारमा खटिएको प्रहरीले शंकास्पद गतिविधि भएका दुईजनामाथी निगरानी गर्दै जाने क्रममा उनीहरु लागुऔषध सहित पक्राउ परेका थिए ।

उनीहरुको साथबाट प्रहरीले १ सय ७९ पिस डाईजाल्याव , १ सय ८६ पिस नोरफिन र २ सय २० पिस फेनारगन र ८३ हजार नगद समेत बरामद भएको प्रहरीले जनाएको छ ।