चितवनमा हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु

चितवनमा हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु

चितवन , ३० कार्तिक
चितवनमा जंगली हात्तीको आक्रमणमा परि दुईजनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज भित्र माडी ठोरी सडक खण्डमा जंगली हात्तीले आक्रमण गर्दा माडी नगरपालिका वडा नम्बर १ बस्ने बर्ष ६० को बावुराम पौडेल र बर्ष ३५ को राजु पौडेलको मृत्यु भएको हो ।

मृतक बुवा छोरा रहेको खुल्न आएको छ । बिहान करिब ६ बजेतिर निकुञ्जको बगई पोष्टबाट १२ किलोमिटर पुर्व उनीहरुलाई हात्तीले आक्रमण गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिए । बरुवाबाट बादरझुला तर्फ जाँदै गरेको लु ३१ प २९११ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई हात्तीले आक्रमण गरेको हो ।