रत्ननगरको बगर टोलमा आवास व्यवस्थापन सुरु
मंसिर ३० गते । चितवनको रत्ननगर नगरपालिका ८ बगर टोलमा रहेका सुकुम्वासीहरुको आवास व्यवस्थापनको काम सुरु भएको छ । नाजुक अवस्था रहेका यहाँका ९ घरको व्यवस्थापनको काम सोमवारदेखी सुरु भएको हो । बगर टोलमा २६ घरधुरी छ । त्यस मध्ये ९ जनाको घर अत्यन्त नाजुक भएकाले उनीहरुको व्यवस्थापनको काम सुरु भएको रत्ननगरमा सुकुम्वासीको क्षेत्रमा काम गर्दै आएको लुमन्ती आवासका लागि सहयोग समुहका संयोजक सिंह वहादुर लामाले वताए । उनीहरुले शहरी गरिव सहयोग कोषमार्फत घर निर्माण गर्नेछन् । सो कोष मार्फत आकृति महिला वचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिनेछन् । उनीहरुले अधिकृतम ३ लाख रुपैया सम्म ऋण पाउछन् । लुमन्ती र रत्ननगर नगरपालिका मिलेर शहरी गरिव सहयोग कोष स्थापना गरेका छन् । सोही कोषबाट रत्ननगर ८ कै माझी मुसहर वस्तीमा २० घर निर्माण भईसकेको छ । बगर टोलमा निर्माण गर्न लागिएको घरहरुको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले शिलान्यास गरेका छन् । आवास व्यवस्थापनका लागि नगरपालिका,रत्ननगर ८ को वडा कार्यालय ,लुमन्तीसंगै चित्रसेन मध्यवर्ती सामुदायिक वन र सपना भिलेज सोसियल इम्प्याक्टले समेत सहयोग गर्नृेछ ।