लोथरको एक घरमा आगलागी, १ करोडको क्षती
प्रकाशित मिति: सोमबार, मंसिर ३०, २०७६ | १३:४९:०५
मंसिर ३० गते । चितवनको राप्ती नगरपालिका १ लोथर वजारमा स्थित गणेश कुमार नगरकोटीको घरमा सोमवार विहान आगलागी हुँदा करिव १ करोड बरावरको क्षती भएको छ । आफ्नै घरमा संचालित अस्मिता टे«डर्स र अस्मिता पुस्तक पसलका सवै सामान जलेर नष्ट भएको छ भने घरमा आशिंक क्षती भएको छ । दुई पसल र घरमा आगलागी हुँदा करिव १ करोडको क्षती भएको प्रारम्भिक अनुमान छ । घरका सदस्यहरु विहानै मनकामना दर्शनका लागि हिडेका थिए । प्रहरीका अनुसार करिव ७ वजेतिर आगलागी भएको हो । खैरहनी नगरपालिकाबाट गएको दुई वटा दमकल,नेपाल प्रहरी,नेपाली सेना र स्थानीयको प्रयासमा करिव ९ वजेतिर आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । विजुली सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, मंसिर ३०, २०७६ |
१३:४९:०५
991