वेश्यावृत्तीमा लगाउने होटल संचालक पक्राउ

वेश्यावृत्तीमा लगाउने होटल संचालक पक्राउ

मंसिर ३० गते । चितवन प्रहरीले वृश्यावृत्तीमा लगाउने होटल संचालकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवंम् प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाका अनुसार पक्राउ पर्नेहरुमा भरतपुर २९ जुगेडी बस्ने ५० वर्षिय जंग बहादुर क्षेत्री र ३९ वर्षिया निर्मला थापा क्षेत्री रहेका छन् । सोही घटनामा सलग्न सुनसरी धरान उपमहानगरपालिका ८ लेटाङकी २४ वर्षकी रोशिका राईलाई समेत पक्राउ गरिएको सोमवार जिल्ला प्रहरी कार्यालय चितवनले गरेको पत्रकार सम्मेलनमा कोईरालाले वताए । काठमाण्डौ डेरा गरी बस्ने २२ बर्षिया युवती र १४ बर्षिया बालिका गत २८ गते बेलुकीबाट आफन्तको सम्पर्कमा नभए पछि आफन्तले प्रहरीमा उजुरी दिई खोजतलास गर्ने क्रममा २२ बर्षिया युवतीले आफन्तलाई फोन सम्पर्क गरी आफुहरुलाई जुगेडीमा रहेको होटल कोठामा बन्धक बनाई राखी बेश्या वृतीमा लगाएको भनि खवर गरेका थिए । उनीहरुलाई रोशिका राईले ललाई फकाई काठमाडौबाट ल्याएकी थिईन् । पक्राउ परेका तीनै जना विरुद्ध मानब बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रवक्ता कोईरालाले वताए । मानिसलाई जवरजस्ती बेश्याबृतीमा लगाउने लाई मानब वेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ दफा १५ (ख) बमोजिम १० बर्ष देखि १५ बर्ष सम्म कैद र रु.५०,०००र देखि रु.१,००,००० सम्म जरिवाना सजाँयको व्यवस्था छ ।