खैरहनीले किसानलाई वाड्यो ४८ लाखको कृषि औजार

खैरहनीले किसानलाई वाड्यो ४८ लाखको कृषि औजार

चितवन , ३१ असार

खैरहनी नगरपालिकाले नगर भित्रका किसानका लागि कृषि औजार वितरण गरेको छ । कृषिमा लागत सहभागीता घटाउने उदेश्यसहित ४८ लाख वरावरको रिपर ( धान काट्ने मेसिन) र ड्याङ वनाउने मेसिन वितरण गरेको हो ।

नगरका विभिन्न वडामा रहेका १३ वटा कृषि समुह र कृषि सहकारी मार्फत किसानलाई ति सामाग्री वितरण गरिएको खैरहनी नगरपालिका कृषि शाखा प्रमुख श्रीकान्त घिमिरेले जानकारी दिए । नगरपालिकाको ३८ लाख ४० हजार र किसानको ९ लाख ६० हजार गरि कुल ४८ लाख वरावरको कृषि औजार वितरण गरिएको हो । नगरका विभिन्न स्थानका सहकारी तथा समुहले १२ वटा रिपर र ९ वटा ड्याङ वनाउने मेसिन पाउनेछन् । प्रति रिपरको मुल्य २ लाख ६५ हजार र प्रति ड्याङ वनाउने मेसिनको मुल्य १ लाख ८० हजार रुपैया पर्छ ।

खैरहनी ६ स्थित साना किसान कृषि सहकारी संस्थाका लागि सहकारी परिसरमा आयोजित एक कार्यक्रमका बीच खैरहनीकी उपमेयर सुनिता थपलिया,प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले सहकारीकी अध्यक्ष राधिका कुमारी क्षेत्रीलाई कृषि औजार हस्तान्तरण गरे । सो कृषि सहकारी मार्फत समुहले २ वटा रिपर र २ वटा ड्याङ वनाउने मेसिन प्रयोग गर्न पाउनेछन् । औजार वितरण गर्दै उमपेयर थपलियाले आधुनिक कृषि औजारको प्रयोगले उत्पादनमा लागत घट्ने वताईन् । जसले किसानको आर्थिक वृद्धीमा टेवा पुग्ने उनको विश्वास छ । सो अवसरमा उपमेयर थपलियाले सामुहिक रुपमा खेती प्रणाली अवलम्वन गर्न किसानलाई सुझाव दिईन् ।