रविलाई जिल्ला अदालत चितवन पुर्याइयो(फोटो फिचर

रविलाई जिल्ला अदालत चितवन पुर्याइयो(फोटो फिचर

चितवन , ३१ साउन
पत्रकार शालिकराम पुडासैनीको मृत्युको घटनामा अनुसन्धानको लागि प्रहरी नियन्त्रणमा रहेका रवि लामिछानेलाई म्याद थपको लागि चितवन जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

रविलाई चितवन प्रहरीले कडा सुरक्षाको बिच अदालत परिसरभित्र लगेको हो । रविलाई नियन्त्रणमा लिएको जानकारी पाएसँगै जिल्ला प्रहरी कार्यालय अगाडी सयौँको संख्यामा उनका समर्थकहरुले नारावाजी गरेका थिए । रवि निर्दोष रहेको र उनलाई पसाउन लागेको भन्दै उनका सर्मथकहरुले रिहा गर्न माग गरेका थिए । जिल्ला प्रहरी कार्यालयको मुल गेट अगाडी रविका सर्मथकहरुको बाक्लो संख्यामा उपस्थिती रहेका कारण प्रहरीले उनलाई अर्को गेटबाट निकालेर जिल्ला सरकारी वकिल कार्यालय र अदालत लगेको थियो ।

 

 

रविलाई हिरासतमा राखेर भन्दा पनि तारेकमा छुटाएर अनुसन्धान गराउन उनका पक्षका अधिवक्ताहरुले पहल गर्ने बुझिएको छ । प्रहरीको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता यदुनाथ शर्माले बहस गर्नेछन् भने रविको तर्फबाट नेपाल वार एसोसियसनका पुर्व महासचिव अधिवतक्ता सुनिल कुमार पोखरेल लगायतको टोलीले बहस गर्ने जनाइएको छ ।