जनताको सेवा गरे वर्षौ सेवा गर्न पाउँछौ – प्रचण्ड

जनताको सेवा गरे वर्षौ सेवा गर्न पाउँछौ – प्रचण्ड

असोज ३० गते । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ठ पार्टीहरु सत्तामा पुगेपछि जनतालाई विर्सदै जाने प्रवृत्ती हावी भएको वताएका छन् । नेकपा चितवनले विहीवार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेकपाका केन्द्रिय अध्यक्ष प्रचण्डले जनताको उदेश्यप्रति हेलचत्र्याई गरिरहेको वताएका हुन् । जनताले विश्वास गरेर कम्युनिष्ठ पार्टीलाई जिताएका हुन् प्रचण्डले भने – सत्तामा पुगेपछि जनताको आर्दश,उदेश्य,दुखसुखलाई विर्र्सिएको अनुभुती गरेको छु । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले कम्युनिष्टमा व्यक्तीवादी चरित्र हावी भएको समेत वताए । सत्तामा नपुग्दा सम्म जस्तो सुकै त्याग गर्न हामी तयार हुन्छौ उनले थपे – सत्तामा पुगेपछि जनताबाट टाढा हुदै गएका छौ । प्रचण्डले जनताको सेवामा निरन्तर लागे कसैले हराउन नसक्ने दावी पनि गरे । हामी कम्युनिष्टहरु मिले ,जनताको सेवामा तत्पर रहे कसैले हराउन सक्दैन प्रचण्डले भने – यसमा गंभीर भए वर्षौ सम्म जनताको सेवा गर्न पाउँछौ । फरक प्रसंगमा प्रचण्डले विभिन्न जातजातिको पर्वहरुले राष्ट्रिय एकता वलियो हुने विश्वास व्यक्त गरे । एक जातिको पर्व अर्को समुदायले मनाउने क्रम वढेको छ प्रचण्डले भने यसले राष्ट्रिय एकतालाई मजवुद गराउन मद्यत गर्छ । नेकपा चितवनका अध्यक्ष यमवहादुर परियारको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका सचिवालय सदस्य एवंम् गृहमन्त्री रामवहादुर थापा वादल,नेकपा स्थायी कमिटी सदस्य एवंम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे,नेकपा प्रदेश ३ का अध्यक्ष नारायण दाहाल,प्रदेश सहइन्चार्ज काशीनाथ अधिकारी,नेकपाका नेता एवंम प्रदेश मन्त्री दावा दोर्जे लामा लगायत नेताहरुको उपस्थिती रहेको थियो ।