जिल्ला प्रहरी कार्यालय भित्र रक्सीका बोतल , तस्बिर खिच्ने पत्रकार शर्मा नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय भित्र रक्सीका बोतल , तस्बिर खिच्ने पत्रकार शर्मा नियन्त्रणमा

चितवन , ३० असोज
जिल्ला प्रहरी कार्यालय चितवन परिसरभित्र रक्सीका बोतल भेटिएको छ । सेवाग्राही जाने शौचालय नजिक विभिन्न ब्रान्डका रक्सीका बोतल फलिएको छन् ।

रक्सीको बोतलहरु देखेपछि तस्बिर खिच्ने क्रममा चितवनका पत्रकार केदार शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । करिब ४५ मिनेट प्रहरी कार्यालय भित्र राखेर रिहा गरेको पत्रकार शर्माले बताए । प्रहरीले पत्रकार सुर्य बराललाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो । शर्माको मोबाइल खोसेर मोबाइलमा खिचेको तस्बिर समेत प्रहरीले जबरजस्ती डिलिट गरेको छ । प्रहरीले र्दुव्यवहार गर्दै नियन्त्रणमा लिएको शर्माले बताए ।

यसबिषयमा जानकारी लिन खोज्दा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दान बहादुर मल्लले आफुलाई केहि थाहाँ नभएको प्रतिक्रिया दिए ।