पत्रकार शालिकराम मृत्यु प्रकरण : उच्च अदालतले सदर गर्यो जिल्ला अदालतको आदेश

पत्रकार  शालिकराम मृत्यु प्रकरण : उच्च अदालतले सदर गर्यो जिल्ला अदालतको आदेश

हेटौँडा , ३० असोज।
पत्रकार शालिकराम पुडासौनीको मृत्यु प्रकरणमा जिल्ला अदालत चितवनले संचारकर्मी रवि लामिछानेलाई दरौटीमा रिहा गर्ने आदेश यथावत राख्न उच्च अदालत हेटौंडाले आदेश दिएको छ ।

यस्तै सञ्चारकर्मी युवराज कँडेलविरुद्धको हकमा पनि उच्च अदालत हेटौंडाले जिल्ला अदालतले गरेको आदेशउपर धरौटी कायम गर्न आदेश दिएको छ ।यस्तै अस्मिता कार्की रुकुको हकमा साधारण तारेखमा रिहा गरेको फैसला सदर गर्न उच्च अदालत हेटौंडाको आदेश छ । अस्मिताको पक्षमा अधिवक्ता मनिष कुमार श्रेष्ठ र केदार गुरागाईंले बहस गरेका थिए ।

आत्महत्या दुरुत्सान अभियोगमा तीनै जना केही महिनाअघि काठमाडौं उपत्यकाबाट पक्राउ परेका थिए । पक्राउ परेका लामिछाने ५ लाख धरौटी, कँडेल ३ लाख र कार्की साधारण तारेखमा रिहा भएका थिए । जिल्ला अदालतको धरौटीको आदेशविरुद्ध रवि लामिछाने लगायतले उच्च अदालतमा पुनरावेदन दिएका थिए ।