मुख्यमन्त्री पौडेलले गरे रत्ननगरको माझी मुसहर वस्तीको अवलोकन,मुसहरको कामको प्रसंसा

मुख्यमन्त्री पौडेलले गरे रत्ननगरको माझी मुसहर वस्तीको अवलोकन,मुसहरको कामको प्रसंसा

मंसिर १ गते । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणी पौडेलले रत्ननगर ८ को माझीमुसहर समुदाय व्यवस्थापन कार्यको अवलोकन गरेका छन् । । मुख्यमन्त्री पौडेलले प्रदेश सांसद कञ्चन खनाल, रत्ननगर नगरपालिकाका मेयर नारायण वन, उपमेयर विमला दुवाडी समेतको सहभागितामा माझीमुसहर समुदायको आवास व्यवस्थापन कार्यको अवलोकन गरेका हुन् । अव्यवस्थित रुपमा बसोबास गर्दै आईरहेका २४ परिवार मुसहरहरुले रत्ननगर नगरपालिका र लुमन्तिको सहयोगमा निर्मित ‘शहरी गरिब सहयोग कोष’बाट ऋण लिएर घर निर्माणको साथै बाटो निर्माण, नाला निर्माण, सरसफाईको अवस्थामा ल्याएको परिवर्तनको लागि सो समुदायको प्रसंसा गर्दै खुसी व्यक्त गर्दै वधाई दिए ।
अरुको भरमा परेर जिवनयापन गर्ने मुसहरहरु आफै ऋण लिएर घर बनाउने र समुदाय व्यवस्थापन गर्ने कार्य अन्य मुसहर समुदायहरुको लागि उदाहरणीय भएको उनले वताए । हाल सो समुदायमा २४ घर निर्माण सम्पन्न भएको छ जसमा २० घरले बढीमा ४ लाख ऋण लिएका छन् भने ३ वटा घर आफैले लगानी गरेर र एउटा घर लोक गायक मिलन लामाको आर्थिक सहयोगमा निर्माण भईसकेको छ । घरको निर्माणका साथै समुदायमा व्यवस्थित बाटो, नाला, सामुदायिक भवन मर्मतको कार्यमा रत्ननगर नगरपालिका वडा नम्बर ८ को कार्यालय, चित्रसेन मध्यवत्र्ति सामुदायिक वन उपभोक्ता समुह, लुमन्ति र समुदायको सहकार्यमा सम्पन्न भईसकेको छ ।

झीमुसहर टोलका अध्यक्ष बासमति माझीले समुदायको पहिलेको अवस्था र हालको परिवर्तित अवस्थाले आफुहरुलाई निकै हौस्याएको वताईन् । नागरिकता बनाउने बेला बाजेहरुले मुसहरको सट्टा माझी थर लेखिदिएकोले सो कार्यक्रममा समेटिन नसकेकोले सोको लागि आवश्यक पहल गरिदिन माझीले अनुरोध गरिन् । साथै नियमित आम्दानीको श्रोत नभएका मुसहर परिवारलाई ऋण तिर्न सक्ने वातावरण तयार गरिदिन प्रदेश सरकार र रत्ननगर नगरपालिकालाई अनुरोध समेत गरेकी थिईन् ।