कालिकामा मोटरसाईकल किनेका अधिकारीले पाए १ लाख उपहार

कालिकामा मोटरसाईकल किनेका अधिकारीले पाए १ लाख उपहार

मंसिर १ गते । चितवनको कालिका मोटरसाईकल पार्टसबाट यामाहा ब्राण्डको मोटरसाईकल खरिद गरेका दिनेश अधिकारीलाई १ लाख रुपैया उपहार परेको छ । चाडपर्वको अवसर पारेर आयोजना गरिएको प्रत्येक दिनको लक्की ड्र अन्र्तगत अधिकारीलाई १ लाख रुपैया उपहार परेको हो । अधिकारीले कालिका मोटरसाईकल पार्टसबाट गत साता एफजेड भर्सन थ्री मोटरसाईकल खरिद गरेका थिए । उपहार प्राप्त गरेका अधिकारीलाई आईतवार पूर्वी चितवन पत्रकार संघका सचिव धु्रवराज खनाल र कालिका मोटरसाईकल पार्टसका प्रवन्ध निर्देशक उत्तम अधिकारीले सयुक्त रुपमा १ लाख बरावरको चेक हस्तान्तरण गरे । चेक ग्रहण गर्दै खैरहनी ९ का दिनेश अधिकारीले उपहार परेको सुन्दा विश्वास नलागेपनि चेक प्राप्त गर्दा खुसी लागेको प्रतिक्रिया दिए । कालिका मोटरसाईकल पार्टसबाट मोटरसाईकल खरिद गर्दा यसअघि ४ जनालाई १,१ लाख उपहार परिसकेको पार्टसका सेल्स म्यानेजर सुदिप लामिछानेले वताए । लामिछानेका अनुसार नारायण प्रसाद तिल्मसीना,दिपेन्द्र चौधरी,डिल्लीराम पौडेल र विकास गुरुङले १ लाख उपहार प्राप्त गरिसकेका थिए । यामाहा मोटरसाईकलको नेपालको आधिकारीक विक्रेता एमए डव्लु इन्टरप्राईजेजले भदौ दोश्रो सातादेखी कार्तिक मसान्त सम्म प्रत्येक दिन लक्की ड्रको योजना ल्याएको थियो । कालिका मोटरसाईकल पार्टसले प्रत्येक मोटरसाईकल र स्कुटर विक्रीबाट २,२ सय रुपैया छुट्याएर कालिका यामाहा कोष स्थापना गरेको छ । सोही कोषबाट पूर्वी चितवनका विभिन्न विद्यालयमा अध्ययनरत गरिव,विपन्न विद्यार्थीहरुको अभिभाकत्व ग्रहण गर्दै पठन पाठनका लागि आवश्यक सवै सहयोग गर्दै आएको कालिका मोटरसाईकल पार्टसका प्रवन्ध निर्देशक एवंम् कोषका संयोजक उत्तम अधिकारीले वताए । निकट भविष्यमै थप केही विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गर्ने तयारी भईरहेको अधिकारीले वताए ।