चितवनसंग हार्यो पोखरा पल्टन

पुष १ गते ।  दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटअन्तर्गत बुधबार भएको खेलमा चितवन राइनोज्ले पोखरा पल्टनलाई ६ विकेटले पराजित गरेको छ ।

पोखराले दिएको १०८ रनको लक्ष्य चितवनले १४ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।

पोखरा रंगशालमा चितवनलाई जित दिलाउन बाबर हायातले अर्धशतकीय पारी खेले । बाबरले १२ ओभरको तेस्रो बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ३४ बलमा चार चौका तीन छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए ।

बाबरले अर्धशतकसँगै नट आउट ६६ रन बनाए । त्यस्तै सन्नी पटेलले नट आउट २२ रन बनाएका हुन् । अनिल शाह खाता नखोलेर चितवनको पहिलो विकेटको रुपमा आउट भए । उनलाई पहिलो ओभरको पाँचौ बलमा राशिद खानले क्याच आउट गराएका हुन् । चितवनले पाँचौ ओभरको तेस्रो बलमा आफ्नो दोस्रो किवेट गुमायो । राशिद खानले व्यक्तिगत दोस्रो विकेटमा रोहन मुस्तफालाई ११ रनमा क्याच आउट गराएका हुन् ।