मोटरसाईकलाई ठक्कर दिदा गाडीमा सवार पौडेलको मृत्यु

मोटरसाईकलाई ठक्कर दिदा गाडीमा सवार पौडेलको  मृत्यु

पुष १ गते । चितवनको इच्छाकामना ७ भालुटारमा मंगलवार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भालुटार स्थित भित्री सडक खण्डमा रोकीराखेको बा ५५ प ७४१४ नं को मोटरसाईकललाई पदमपुर तर्फ आउदै गरेको ना.१ च ९४१२ नं को डि.आई गाडीले ठक्कर दिदा गाडीमा सवार रत्ननगर १० वस्ने ३५ वर्षिय सुरज पौडेलको मृत्यु भएको हो । दुर्घटनामा घाईते भएका उनको पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोईरालाले जानकारी दिए । मोटरसाईकललाई ठक्कर दिएपछि गाडी अनियन्त्रित भई पल्टेको थियो । दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा छ ।