काशीरुपा विद्यालयमा वैज्ञानिक र आधुनिक पढाईको खोजी
पुष १ गते । राप्ती नगरपालिका ४ को एक मात्रै विद्यालय काशीरुपा आधारभूत विद्यालयमा शैक्षिक गुणस्तर वृद्धीका लागि प्रयास थालिएको छ । पुरानै शैलीमा पठनपाठन हुँदा शैक्षिक गुणस्तरमा वृद्धी हुन नसकेपछि राप्ती नगरपालिका वडा नम्वर ४ को वडा कार्यालयले गुणस्तर वृद्धीका लागि प्रयास गरेको हो । त्यसका लागि मंगलवार वडा भित्रका सरोकारवालाहरुसंग वडा कार्यालयले आधुनिक अध्यापन कार्यक्रमका विषयमा अन्र्तक्रिया कार्यक्रम गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका प्रतिनिधी, शिक्षक अभिभावक संघका प्रतिनिधी,विद्यालयका शिक्षकहरु लगायत सरोकारवालाहरु सहभागी सो कार्यक्रममा दिपक गौतम ,तारा प्रसाद अधिकारी र बिबिका पण्डितले आधुनिक शिक्षाका बारे जानकारी गराएका थिए । विश्वजगत नयाँ युगमा प्रवेश गरेको भन्दै शिक्षालाई आधुनिक र वैज्ञानिक वनाउन सके विद्यार्थीहरु स्मार्ट वन्दै शैक्षिक गुणस्तरमा फड्को मार्ने राप्ती नगरपालिका ४ का वडाध्यक्ष शमशेर लामाले वताए ।
काशीरुपा विद्यालयको शैक्षिक गुणस्तर वृद्धीका लागि वडा कार्यालयले कम्प्युटर कक्षा,विद्यार्थी खाजा कार्यक्रम,खेलकुद सामाग्री वितरण लगायतको काम गर्दै आएको छ । साथै विद्यालयको भौतिक संरचना निर्माणको काम समेत तीव्र रुपमा भईरहेको विद्यालयका प्रधानाध्यापक विशेश्वर प्रसाद लामाले वताए । उनका अनुसार पहिलेको तुलनामा विद्यालयको शैक्षिक गुणस्तर वढ्दो क्रममा छ । सो विद्यालयमा वालविकास कक्षादेखी ८ कक्षा सम्म अध्ययन हुन्छ ।