विद्यालय हाताभित्र रक्सी खाएको भन्दै ५ जना शिक्षक पक्राउ

विद्यालय हाताभित्र रक्सी खाएको भन्दै ५ जना शिक्षक पक्राउ

चितवन , १ साउन

चितवनमा एक विद्यालयभित्रै रक्सी खाएको आरोपमा ५ जना शिक्षक पक्राउ परेका छन् । पूर्वीचितवनको रत्ननगर नगरपालिका वडा नम्बर ९ मा रहेको कपरखोरी माध्यमिक विद्यालयमा गएराति मदिरा सेवन गरेको अवस्थामा ५ जना शिक्षक पक्राउ परेका हुन् ।

विद्यालयभित्रै मदिरा पिएको भेटेपछि स्थानियले शिक्षकहरुलाई प्रहरीको जिम्मा लगाएका हुन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय टाँडीले नियन्त्रणमा लिएको छ । विद्यालयका प्रधानाध्यापक बिष्णु कंट्टेल सहित ५ जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष आचार्य जानकारी दिए ।