रक्सी खाएका शिक्षकहरुलाई कारबाहिको लागि नगरपालिका पठाइयो

रक्सी खाएका शिक्षकहरुलाई कारबाहिको लागि नगरपालिका पठाइयो

चितवन , १ साउन

चितवनको रत्ननगर नगरपालिका ९ स्थिति कपोरखोरी माध्यमिक विद्यालयमा रक्सी खाएको अवस्थामा फेला परेका शिक्षकहरुलाई कारबाहिको लागि नगरपालिकाको जिम्मा लगाइएको छ ।

गएराती विद्यालयमै रक्सी खाएको अवस्थामा ३ जना शिक्षक ,१ जना कार्यालय सहयोगी र १ जना विद्यालय व्यवस्थापन समितिका सदस्यलाई स्थानीयले प्रहरीको जिम्मा लगाएका थिए । विद्यालय भित्रको घटना र विद्यालय कै शिक्षकहरु भएकाले थप कारबाहीको लागि रत्न्नगर नगरपालिकाको पठाइएको प्रहरीले जनाएको छ ।

विद्यालयभित्र मदिरा सेवन गर्ने शिक्षकहरुलाई कारबाही गर्ने स्थानीय शिक्षा ऐन आकर्षित हुने भएकाले रत्ननगर नगरपालिकाको शिक्षा शाखालाई थप कारबाहीको लागि पठाइएको इलाका प्रहरी कार्यालय टाडीका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।