खैरहनीमा २३ करोडको लगानीमा दाना उद्योग

खैरहनीमा २३ करोडको लगानीमा दाना उद्योग

चितवन , १ साउन

पूर्वीचितवनको खैरहनीमा कैलाशपति एग्रो इन्डष्ट्रिज संचालनमा आएको छ । खैरहनी ८ वैरहनीमा स्थापना गरिएको उद्योगको आज एक कार्यक्रमको बिच खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै मेयर चौधरीले खैरहनी नगरपालिका भित्र उद्योग संचालनको उपयुक्त वातावरण रहेकाले उद्योग स्थापना हुने क्रम वढ्दै गएको उल्लेख गर्दैे लगानी वढाउन आग्रह गरे । उद्योगका लागि चाहिने बाटो,खानेपानी,विजुलीको व्यवस्था नगरपालिकाले गर्ने मेयर चौधरीको बताए । कृषिले मात्रै मुलुकको विकास नहुने भएकाले हरेक नगरपालिकामा उद्योग संचालन हुनु पर्नेमा उनले जोड दिए ।

२३ करोडको लगानी उद्योग संचालक आएको उद्योगका संचालक केशव वाग्लेले जानकारी दिए । २४ कठ्ठा क्षेत्रफल रहेको सो उद्योगले दैनिक २४० टन दाना उत्पादन गर्ने उनले वताए । उद्योगका संचालक केशव वाग्लेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल अण्डा उत्पादक संघका अध्यक्ष त्रिलोचन कडेंल, नेपाल ह्याचरी महासंघका अध्यक्ष टिका पोखरेल,पशुपंक्षी डाक्टर अनन्त दाहाल लगायतले मन्तव्य दिएका थिए ।