गृहमन्त्रीको अघि पछि प्रहरी , जनताको घरमा चोर आउँदा पनि जादैन चितवन प्रहरी

गृहमन्त्रीको अघि पछि प्रहरी , जनताको घरमा चोर आउँदा पनि जादैन चितवन प्रहरी

चितवन , १ कार्तिक। 
चितवनमा विहिबार गृहमन्त्री रामबहादुर थापा बादल आएका थिए । उनको अघि र पछि प्रहरीका गाडी देखिन्थ्यो । सोहि राती अर्थात शुक्रबार बिहान करिब २ बजे पूर्विचितवनको रत्ननगरमा चोर आए ।

रत्ननगर नगरपालिका वडा नम्बर ३ तरकारी चोक नजिक शर्मिला तिमिल्सीनाको घरमा चोर आएर ढोका फुटाउने प्रयास गरे । स्थानियले प्रहरीको १०० नम्बरमा फोन गरेर चोरले ढोका फुटाउन लागेको जानकारी दिदै सहयोग मागे । पिडित र स्थानियको आशा बमोजिम प्रहरी पुगेन । घरमै रहेकी शर्मिलाले ढोका तानेर बसिरहिन र केहिबेर हल्लाखल्ला भएपछि चोरहरु भागे । चोरले घरको माथीको भर्याङको ढोका फोडेरभित्र पस्ने प्रयास गरेका थिए । राती २ बजेतिरको घटना भएपनि अहिलेसम्म उक्त स्थानमा प्रहरी नपुगेको तिमल्सीनाले बताइन् ।

यसबिषय जानकारी लिन हामीले जिल्ला प्रहरी कार्यालयका चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालालाई फोन गर्दा उनको फोन उठेन । हामीले जिल्ला प्रहरी कार्यालयका प्रवक्ताको अफिसियल नम्बर ९८५५०१३९९९ मा पटक पटक सम्पर्क गर्दा समेत उनको फोन उठेन । बिहान ७.३० बजे उनलाई सम्पर्क गरिएकोमा न त उनको फोन उठ्यो न यो समाचार तयार पार्दासम्म कलब्याक आयो ।

नेपाल प्रहरीले समुदाय प्रहरी कार्यक्रम भन्दै विभिन्न कार्यक्रम गरेतापनि आवश्यक परेकोबेला जनतामाझ नपुगेको भन्दै स्थानिय आक्रोशित भएका छन् । घटनास्थल इलाका प्रहरी कार्यालय टाँडीको मातहतमा पर्छ । उक्त क्षेत्रमा चोरको क्रियाकलाप बढ्दा समेत प्रहरीले कुनै वास्ता नगरेको स्थानिय भक्तप्रसाद तिमल्सीनाले बताए ।