खैहनीमा सुशासन सम्वन्धी गोष्ठी

खैहनीमा सुशासन सम्वन्धी गोष्ठी

कार्तिक १ गते । चितवनको खैरहनी नगरपालिकाले शुक्रवार सुशासन प्रवद्र्धन तथा सुचनाको हकको प्रचलन सम्वन्धी क्षमता विकास गोष्ठी गरेको छ । सुशासनमा जनप्रतिनिधी र कर्मचारीहरुलाई उत्तरदायी वनाउन कार्यक्रम गरिएको थियो । कार्यक्रममा सुचना आयोगका प्रमुख सुचना आयुत्त कृष्णहरि वास्कोटाले सुशासन प्रवद्र्धन,सुचनाको हकको प्रचलन,सकारात्मक सोचका बारे सहजीकरण गरेका थिए । साथै देशका अन्य स्थानीय तहहरुले गरेका अनुकरणीय क्रियाकलापहरुको बारे जानकारी समेत गराईएको नगरपालिकाका स्थानीय शिक्षा अधिकारी महेन्द्र पौडेलले जानकारी दिए । कार्यक्रममा खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले नगर समृद्ध वनाउन सुशासन महत्वपूर्ण पक्ष भएकाले जनप्रतिनिधी र कर्मचारी यसमा जिम्मेवार वन्नु पर्ने वताए । मेयर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर सुनिता थपलिया,प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा,वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,वडा सचिवहरु,नगर भित्र रहेका माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको सहभागीता रहेको थियो ।