शान्तिवजार विद्यालयको अध्यक्षमा पुन सापकोटा

शान्तिवजार विद्यालयको अध्यक्षमा पुन सापकोटा

पुष २ गते । खैरहनी नगरपालिका १० शान्तिवजार स्थित राष्ट्रिय आधारभूत विद्यालयमा व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरिएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुन डिल्लीराम सापकोटा चयन भएका छन् । मंगलवार भएको भेलाले सापकोटाको अध्यक्षतामा ९ सदस्यीय व्यवस्थापन समिति गठन गरेको विद्यालयका प्रधानाध्यापक लेखप्रसाद धरेलले वताए । समितिको पदेन सदस्यमा वडा सदस्य पदम चुहान,सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक लेखप्रसाद धरेल,शिक्षक प्रतिनिधीमा डिलमाया तिवारी,सदस्यहरुमा केशव रिमाल,लक्ष्मी थपलिया,सरिता पुडाशैनी,अशोक थापा र सन्जु महतो रहेका छन् । गोकर्ण सिटौलाको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको छ । सोही कार्यक्रममा विद्यालयबाट हालै निवृत्त भएका प्रधानाध्यापक बाबुराम श्रेष्ठ र शिक्षक यदुनाथ उप्रेतीलाई विदाइ गरिएको थियो । समाजसेवी राजेन्द्र प्रसाद वुर्लाकोटीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।