तिलोत्तमामा बुद्धका मूर्तिहरु तोडफोड

तिलोत्तमामा बुद्धका मूर्तिहरु तोडफोड

रुपन्देही , २ साउन

रुपन्देहीको तिलोत्तमामा रहेका बुद्धका मूर्तिहरु तोडफोड गरिएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमामा सडकमा राखिएका ५ वटा मूर्तिहरु तोडफोड गरिएको हो ।

अज्ञात समूहले शंकरनगरदेखी नयाँमिलसम्मको बुद्धको मूर्तिहरु तोडफोड गरेको तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले बताए । नेपाल सरकारले घोषँणा गरेको भ्रमण बर्ष सफल बनाउन बुद्धको जन्मभुमी लुम्बिनी जानेमा बुद्धको मूर्तिहरु राखिएको तर अराजक समूहले बुद्धको मूर्तिहरु तोडफोड गरेको मेयर घिमिरेले बताए ।

नगरपालिकाले योगीगुठीबाट भलबाडीसम्मको सडकमा २२ वटा बुद्धको मूर्ति बैशाखमा राखेको थियो । बुद्धको मूर्तिहरु तोडफोडको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको र घटना अपराधिक मानसिकताले गरिएकोले घटनामा संलग्नहरुको खोजी कार्यतिब्र पारिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले बताए ।