धनगढीमा शक्तिशाली बिस्फोट हुँदा ५ जना घाइते

धनगढीमा शक्तिशाली बिस्फोट हुँदा ५ जना घाइते

धनगढी , २ साउन
धनगढीमा बिस्फोट हुँदा पाँचजना गम्भीर घाईते भएका छन्। धनगढीको शहिद गेट नजिकै रहेको निलम होटलमा बेलुका विस्फोट हुँदा पाँच जना गम्भीर घाईते भएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए ।

घटनामा बझाङका राम सिंह,  कञ्चनपुरको  बेलाैरी-५ का लक्ष्मण सेरला, माेबिन खान, जितेन्द्र यादव र धनगढी-४, बाेराडाडीका होटल संचालक केशवराज पाण्डे घाइते भएका छन् ।
उनीहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । विस्फोट भएको वस्तु के हो भन्ने खुल्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।