गस्ती र पेट्रोलिङ वढाउन मेयर चौधरीको सुझाव

गस्ती र पेट्रोलिङ वढाउन मेयर चौधरीको सुझाव

चितवन , १ असोज

खैरहनी नगरपालिका भित्र चोरीका घटनाहरु वढ्दै गएपछि खैरहनीका मेयर लालमणी चौधरीले गस्ती र पेट्रोलिङ वढाउन सुझाव दिएका छन् । समुदाय प्रहरी पालिका समितिको बुधवार वसेको वैठकमा मेयर चौधरीले नगरमा दिनदहाडै चोरीका घटनाहरु भईरहेकाले सक्रियता देखाउन सुझाव दिएका हुन् ।

नगरभित्र चोरीका घटना प्रमुख समस्याको रुपमा रहेपनि लागू औषध,जुवातास,अवैध मदिरा विक्री वितरण नियन्त्रणमा समेत ध्यान दिन मेयर चौधरीले प्रहरीलाई आग्रह गरे । वैठकले चाडपर्वलाई मर्यादित र सुरक्षित वनाउने विषयमा छलफल भएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत पालिकास्तरीय समिति सदस्य एवंम् खैरहनी १ का वडाध्यक्ष भुमी प्रसाद कडेंल,कमला श्रेष्ठ लगायतले सुरक्षा मजवुद वनाउन नागरीक समाजसेवी,सवै नगरपालिका जिम्मेवार वन्नु पर्ने वताए ।