शहिद स्मृतीमा राजनितिक सहमती, अन्तत काग्रेशकै पोल्टामा अध्यक्ष,प्रमुख नेकपाले पाउने

शहिद स्मृतीमा राजनितिक सहमती, अन्तत काग्रेशकै पोल्टामा अध्यक्ष,प्रमुख नेकपाले पाउने

मंसिर ३ गते । राजनितिका कारण चर्चामा रहदै आएको पूर्वी चितवनको पुरानो शैक्षिक संस्था शहिद स्मृती वहुमुखी क्याम्पस संचालन समितिको अध्यक्ष अन्तत सहमतीमै चयन गरिएको छ । क्याम्पसको सोमवार सम्पन्न प्रथम सभाले काग्रेश निकटका रामबाबु घिमिरेलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । घिमिरे लामो समयदेखी शैक्षिक क्षेत्रमा क्रियाशिल व्यक्ति हुन् । क्याम्पस सभामा नेकपा निकटका इश्वरी अर्यालको प्रस्तावमा तत्कालिन काग्रेश क्षेत्रीय सभापति कुमार कार्की घिमिरेको समर्थक रहेका थिए । संचालन समिति चयनमा नेकपा र नेपाली काग्रेशले राजनितिक सहमती गरेको वुझिएको छ । संचालक समितिका अन्य पदाधिकारी र सदस्यहरु चयन हुन वाँकंी छ ।

नेकपा निकटका इश्वरी अर्याललाई उपाध्यक्ष दिने तयारी छ । अर्याल यसअघि भरत खनाल अध्यक्ष रहेको संचालक समितिमा पनि उपाध्यक्ष थिए । खनाल नेतृत्वको समितिको म्याद जेठमा सकिएको थियो । त्यसयता नयाँ अध्यक्ष चयनका लागि नेकपा र काग्रेशबीच विवाद हुदै आएको थियो । राजनितिक सहमती अनुसार क्याम्पस प्रमुख अव नेकपा निकटका प्राध्यापकले पाउने छन् । श्रोतका अनुसार क्याम्पस प्रमुखमा नेकपा निकटका धर्मदत्त तिवारीलाई नियुक्त गरिदै छ । क्याम्पस संचालक समितिको म्याद सकिएपछि राजिनामा दिईसकेकी क्याम्पस प्रमुख राधा वालिकाले रकम दुरुपयोग गरेको लगायत माग राख्दै नेकपा निकटका विद्यार्थी संगठनहरुले प्रशासन शाखामा तालावन्दी गर्दै आएका छन् ।