शहिद स्मृतीमा दलिय भागवण्डामा संचालक समिति सदस्य मनोनयन

शहिद स्मृतीमा दलिय भागवण्डामा संचालक समिति सदस्य मनोनयन

मंसिर ३ गते । राजनितिक भागवण्डामा अध्यक्ष चयन गरेको शहिद स्मृती वहुमुखी क्याम्पसको संचालक समिति विस्तार गरिएको छ । सहमतीमा अध्यक्ष चयन भएपछि नवनियुक्त अध्यक्ष रामबाबु घिमिरेले मंगलवार उपाध्यक्षसहित सदस्यहरु मनोनित गरेका हुन् । मनोनित सदस्यसहितको पहिलो संचालक समिति वैठकले क्याम्पस प्रमुख तथा सहायक प्रमुख मनोनित गरेको हो । संचालक समिति र क्याम्पस प्रमुख तथा सहायक प्रमुखमा नेपाल कम्युनिष्ठ पार्टी ( नेकपा ) र नेपाली काग्रेशले राजनितिक सहमती गरेका थिए । जस अनुसार सोमवारको प्रथम क्याम्पस सभाले अध्यक्षमा काग्रेश निकेटका घिमिरेलाई सर्वसम्मत चयन गरेको थियो । अध्यक्षले उपाध्यक्ष सहित सदस्यहरु चयन गर्न पाउने विधान छ । सोही अनुसार अध्यक्ष घिमिरेले उपाध्यक्षमा नेकपाका इश्वरी अर्याल मनोनित भएका छन् । सदस्यहरुमा नेपाली काग्रेशबाट रुपनराज घिमिरे,कुमार कार्की,सुजन थापा,प्रल्लाद सापकोटा तथा नेकपाबाट लोकराज भुषाल,विष्णु पौडेल र गोपीकृष्ण श्रेष्ठ मनोनित भएका हुन् । संचालक समितिले पूर्णता पाउन भने अझै वाकी छ । कुल १९ सदस्यीय संचालक समिति रहने सो समितिमा पदेन सदस्यसहित अन्य सदस्यहरु चयन हुनेछन् । त्यस्तै क्याम्पस प्रमुखमा नेकपा निकटका प्राध्यापक धर्मदत्त तिवारी तथा सहायक प्रमुखमा काग्रेश निकटका नारायणबाबु श्रेष्ठलाई नियुक्ती दिईएको छ । संचालक समितिको वैठकले प्रमुख र सहायक प्रमुख नियुक्त गरेको अध्यक्ष रामबाबु घिमिरेले वताए । त्यस्तै वैठकले यसअघिका क्याम्पस प्रमुख राधा वालिकासहित ३ जना सहायक प्रमुखको राजिनामा समेत स्वीकृत गरेको छ ।