विद्यालय नियमित गराउन शैक्षिक सामाग्री हस्तान्तरण

विद्यालय नियमित गराउन शैक्षिक सामाग्री हस्तान्तरण

मंसिर ३ गते । विद्यालय अनियमित हुदै आएका रत्ननगर ८ का ११ जना विद्यार्थीहरुलाई रत्ननगर उद्योग वाणिज्य संघले शैक्षिक सामाग्री प्रदान गरेको छ । साथै १ जनाको परिवारको आयआर्जनका लागि वाख्रा तथा अर्का एक जनालाई सिलाई कटाई वुनाईका लागि मेसिन सहयोग गरिएको छ । संघले संचालन गर्दै आएको वाल संरक्षण तथा वालश्रम न्युनिकरण कार्यक्रम अन्र्तगत आर्थिक सहित समस्याले विद्यालय अनियमित भएकाहरुलाई नियमित गराउन शैक्षिक सामाग्री,विद्यालय पोशाक,झोला,स्टेशनरी प्रदान गरिएको हो । रत्ननगर ८ मा मंगलवार एक कार्यक्रमका बीच वडाध्यक्ष विनोद वस्नेत र संघका अध्यक्ष राजाराम रेग्मीले शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए ।

सो अवसरमा संघका अध्यक्ष रेग्मीले रत्ननगर ८ लाई निकट भविष्यमा वालमैत्री तथा वालश्रम मुक्त वडा वनाउन विभिन्न कार्यक्रम संचालन गरिरहेको वताए । रत्ननगरलाईनै यही वर्ष वालमैत्री नगर घोषणा गर्ने तयारी छ । जसका लागि रत्ननगर नगरपालिका र युनिसेफ नेपालको सहयोगमा संघले वाल संरक्षण तथा वालश्रम न्युनिकरण कार्यक्रम संचालन गरिरहेको छ ।