वडा कार्यालयमा आगजनी

वडा कार्यालयमा आगजनी

कैलाली , २ असोज

धनगढीमा अज्ञात समूहले वडा कार्यालयमा आगजनी गरेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ को कार्यालयमा गएराति आगजनी भएको हो ।

राति करीब १० बजेको समयमा कार्यालयको झ्यालका शिशा फुटाएर भित्र आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । समयमै आगो नियन्त्रण गरिएकाले खासै क्षति हुन नपाएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । नेत्र विक्रम चन्द समूहले आगजनी गरेको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ ।