चितवनमा राष्ट्रिय कृषि यान्त्रिकरण प्रर्दशनी हुने,शुक्रवार प्रचण्डले उद्घाटन गर्ने

चितवनमा राष्ट्रिय कृषि यान्त्रिकरण प्रर्दशनी हुने,शुक्रवार प्रचण्डले उद्घाटन गर्ने

चितवन , ४ मंसिर  ।

चितवनको भरतपुरमा यही मंसिर ६ गतेदेखी चौथो राष्ट्रिय कृषि यान्त्रिकरण प्रर्दशनी हुने भएको छ । नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय,कृषि विभाग,कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्धन केन्द्र,प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, प्रदेश ३ को भुमी व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालय र नेपाल कृषि मेशिनरी व्यवसायी संघको सयुक्त आयोजनामा प्रर्दशनी हुन लागेको हो ।

भरतपुर स्थित चितवन एक्स्पो सेन्टरमा मंसिर ९ गते सम्म चल्ने प्रर्दशनीका बारे बुधवार पत्रकार सम्मेलन गरि जानकारी गराईएको थियो । यसअघि प्रथम कृषि यान्त्रिकरण प्रर्दशनी पनि चितवनमै भएको थियो । चौथो प्रर्दशनीको पूर्व प्रधानमन्त्री एवंम् नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले उद्घाटन गर्ने नेपाल मेशिनरी व्यवसायी संघका अध्यक्ष स्वयम्भु कृष्ण श्रेष्ठले वताए । उनका अनुसार प्रर्दशनीमा कृषिको आधुनिक प्रविधि,कृषि औजार,यन्त्रका बारे एकै थलोमा जानकारी लिन सकिने छ । प्रर्दशनीमा अन्र्तराष्ट्रिय स्तरबाट समेत कृषिको यन्त्र,औजार,उपकरण ल्याईने उनले वताए ।

२० भन्दा वढि देशबाट प्रर्दशनीमा सहभागीता रहनुका साथै १ सय भन्दा वढि स्टल रहने नेपाल मेशिनरी व्यवसायी संघका महासचिव कृष्ण शर्माले जानकारी दिए । ७० जिल्लाबाट करिव ३५ हजार भन्दा वढिले प्रर्दशनीको अवलोकन गर्नुका साथै १० करोड भन्दा वढिको कारोवार हुने शर्माको दावी छ । निति निर्माता तथा कृषकहरुलाई कृषि यन्त्र तथा प्रविधि सम्वन्धी जानकारी गराउने,कृषि यान्त्रिकरण प्रविधि तथा सेवाको आन्तरीक वजार प्रवद्र्धनमा योगदान पुर्याउने,कृषि यान्त्रिकरण व्यवसायी र कृषकबीच समन्वय गर्ने,लगानीको अवसर सिर्जना गर्ने,नेपालको कृषिलाई यान्त्रिकरण मार्फत व्यवसायिकरण गरि आधुनिक कृषि प्रणालीको विकास गर्ने प्रर्दशनीको उदेश्य रहेको छ ।