बीरेन्द्रनगर साना किसानमा अध्यक्षमा पुन पौडेल चयन
पुष ४ गते । पूर्वी चितवनको साना किसान कृषि सहकारी संस्था बीरेन्द्रनगरको अध्यक्षमा पुन हरिप्रसाद पौडेल चयन भएका छन् । राप्ती नगरपालिका ८ मा रहेको सो सहकारीको शुक्रवार सम्पन्न २४ औं वार्षिक साधारण सभा तथा आठौ अधिवेशनबाट संचालक समिति अध्यक्षमा पौडेल सर्वसम्मत रुपमा चयन भएका हुन् । पौडेल यो संगै सहकारीको अध्यक्षमा चौथो पटक निर्वाचित भएका हुन् । अध्यक्षसहित उपाध्यक्ष र सदस्यहरु सवै निर्विरोध चयन भएका सहकारीका मुख्य प्रवन्धक पुष्पराज रानाले वताए । उपाध्यक्षमा पुन बालानन्द कडेंल चयन हुँदा सदस्यहरुमा कमला पुन,भुवानी प्रसाद कडेंल,भुमीश्वर सुवेदी,रामप्रसाद नेपाल,कृष्णमाया पुडासैनी,मीरा डल्लाकोटी,देवी शर्मा फुयाँल,गुप्ती लामा,यमलाल तिमिल्सीना,देवीराम देवकोटा,मिना अधिकारी र अम्बिका सापकोटा चयन भएका छन् । साधारण सभामा ३९ वटा अन्तर समुह,शेयर सदस्यका छोराछोरी मध्ये उत्कृष्ठ अंक ल्याउने १४ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रदेश नम्वर ३ का भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा,राप्ती नगरपालिका प्रमुख प्रभा वराल,सहकारीका अध्यक्ष हरि प्रसाद पौडेलले उनीहरुलाई प्रमाणपत्र र नगदले पुरस्कृत गरेका थिए । सो अवसरमा कृषि मन्त्री लामाले कृषि र पशुपालनको क्षेत्रमा प्रदेश सरकारले पर्याप्त वजेट विनियोजन गरेका भन्दै ति वजेटहरु फ्रिज नहुने गरि काम गर्न आग्रह गरे । मन्त्री लामाले उत्पादन र व्यवसायिकरण तर्फ उन्मुख हुनु पर्ने समेत वताए । ९२७ सदस्यबाट सुरु भएको सो सहकारीको हाल २ हजार ८ सय भन्दा वढि सदस्य छन् । गत आर्थिक वर्ष २०७५÷७६ मा सहकारीले १ क्रोड ८ लाख ४ हजार रुपैया मुनाफा गर्न सफल भएको सहकारीका अध्यक्ष पौडेलले वताए ।