राप्तीको प्लाई उद्योगमा आगलागी,करोडौको क्षती

राप्तीको प्लाई उद्योगमा आगलागी,करोडौको क्षती

पुष ४ गते । पूर्वी चितवनको राप्ती नगरपालिकामा रहेको ओम सिवा समिल तथा भेनियर उद्योगमा शुक्रवार दिउँसो आगलागी भएको छ । आगलागीबाट करोडौको क्षती भएको अनुमान छ । राप्ती नगरपालिका ६ को पम्फा खोला किनारमा रहेको सो उद्योगमा आगलागी भएको हो । आगो नियन्त्रणका लागि खैरहनीबाट गएको दुई वटा दमकल र भरतपुरबाट गएको १ वटा दमकल,नेपाल प्रहरी,नेपाली सेना,स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणको प्रयास भईरहेको छ । के कारणले आगलागी भएको बारे खुल्न सकेको छैन् भने आगलागीबाट कति क्षती भएको भन्ने बारे पनि विवरण आउन वाँकी छ ।