शुभकामना बचतको सेवा केन्द्र पर्साबजारमा

शुभकामना बचतको सेवा केन्द्र पर्साबजारमा

चितवन , ४ साउन

शुभकामना बचत तथ ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सेवा केन्द्र बिस्तार गरेको छ । खैरहनी नगरपालिका वडा नम्बर १ ज्यामिरेमा केन्द्रिय कार्यालय रहेको संस्थाले खैरहनी ८ पर्सा बजारमा सेवा केन्द्र विस्तार गरेको हो ।

सेवा केन्द्रको आज प्रदेश नम्बर ३ का भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गरेका छन् । सेवा केन्द्र उद्घाटन समारोहमा बाल्दै मन्त्री लामाले सहकारीहरुले बचत तथा ऋणको कारोबार मात्रै गर्न नहुने भन्दै सहकारीलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । केही सहकारीले मान्छेहरुलाई घरवार विहिन समेत वनाएको वताउँदै मन्त्री लामाले त्यस्ता सहकारीलाई कडा कारवाही गर्ने र राम्रो गर्नेलाई पुरस्कृत गरिने निति प्रदेश सरकारले लिएको वताए । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका सभापति कृष्णकुमार डल्लाकोटीले सहकारी वैंक भन्दा विश्वासिलो आधार वन्दै गएकाले सहकारीको सिद्धान्त अनुसार चल्नु पर्ने धारणा राखे ।

शुभकामना वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अर्जुन लम्सालको अध्यक्षतमा भएको उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्र प्रसाद सापकोटा,सहकारीका पूर्व अध्यक्ष लालप्रसाद चालिसे,वर्तमान उपाध्यक्ष रमेश वुर्लाकोटी लगायतले मन्तव्य राखेका थिए । १ हजार ४ सय ३० जना सदस्य रहेको सहकारीले दैनिक ५ लाख रुपैयाँ बचत संकलन गर्ने गरेको अध्यक्ष लम्सालले बताए ।