पदमपुरबाट गाँजा सहित दुईजना पक्राउ

पदमपुरबाट गाँजा सहित दुईजना पक्राउ

चितवन , ४ साउन

चितवनको कालिका नगरपालिका पदमपुर क्षेत्रबाट गाँजा सहित दुईजना पक्राउ परेका छन् । कालिका नगरपालिका २ थेखडिया बस्ने कुमारी महतोको घरबाट प्रहरीले ७०० ग्राम गाँजा बरामद गरेको हो । बरामद गाँजा सहित महतोलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै कालिका नगरपालिका वडा ५ स्थित भिमवली सामुदायिक वन उपभोक्ता समूहको जंगलबाट २६० ग्राम सहित भरतपुर महानगरपालिका ११ बस्ने बिजय कुमाल पक्राउ परेको छन् । प्रहरी बिट पदमपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आज अपरान्ह् पक्राउ गरेको थियो । पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणका राखिएको र थप अनुसन्धान भइरहेको इलाका प्रही कार्यालय टाँडीका प्रहरी नायव उपरिक्षक सन्तोष आचार्यले जानकारी दिए ।