रविसहित तिनैजनालाई ५ दिनको म्याद थप

रविसहित तिनैजनालाई ५ दिनको म्याद थप

चितवन , ३ भदौ 

चितवन जिल्ला अदालतले रवि लामिछाने , युवराज कंडेल र अस्मिता कार्कीलाई अनुसन्धानको लागि ५ दिन म्याद थप दिएको छ । यसअघि पनि ५ दिनको म्याद दिएको अदालतले अनुसन्धान पुरा नभएको भन्दै प्रहरीको तर्फबाट १० दिनको म्याद थप माग गरिएकोमा अदालतले ५ दिनको मात्रै म्याद थप गरेको हो ।

साउन २० गते चितवनको एक होटलमा झुण्डिएको अवस्था फेला परेका शालकराम पुडासैनीको घटनामा रवि , युवराज र अस्मिताले आत्तहत्या दुरुत्साहन गरेको भन्दै प्रहरीले अनुसन्धान अगाडी बढाइरहेको छ । चितवन जिल्लाको न्यायधिस गायत्री प्रसाद रेग्मीको एकल इजलासले ५ दिनको म्याद थप दिएको हो ।

प्रहरीकोतर्फबाट जिल्ला न्यायधिवक्ता यदुनाथ शर्माले बहश गरेका थिए भने रविहरुको पक्षबाट बरिष्ठ अधिवक्ता सुशिल कुमार पन्त , अधिवक्ता सुनिल कुमार पोखरेल , अधिवक्त चुडामणी सापकोटा र नारायण गिरीले बहश गरेका थिए ।