कठारमा स्वास्थ्य शिविर , ४ सय बढीको स्वास्थ्य परिक्षण

कठारमा स्वास्थ्य शिविर , ४ सय बढीको स्वास्थ्य परिक्षण

चितवन , ३ असोज

पुर्वीचितवनको खैरहनीमा स्वास्थ्य शिविर भएको छ । चरमेश्वर पटदार बन्धु सेवा समाज खैरहनीको आयोजनामा खैरहनी नगरपालिका वडा नम्बर १० मा भएको स्वास्थ्य शिबिर चार सय बढी बिरामीले सेवा लिएका छन् ।

नेशनल सिटि हस्पिटल र दिक्षान्त क्लिनिकको प्राबिधिक सहयोगमा कठारका स्थानीयहरुको स्वास्थ्य परिक्षण गरिएको थियोे । शिबिरमा फिजिसियन सेवा , स्त्रीरोग , दन्त रोग सम्बन्धि सेवा र औषधिहरु निशुल्क बितरण गरिएको समाजका अध्यक्ष राजेन्द्र चौधरीले बताए । खैरहनी वडा नम्बर १० का वडा अध्यक्ष कारिराम महतोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रेडक्रस सोसाइटी कठारका अध्यक्ष खडानन्द सिलवाल , कठार खानेपानीका अध्यक्ष जोखा चौधरी लगायतले मन्तव्य राखेका थिए ।