कविता वाचनमा यमुना प्रथम

कविता वाचनमा यमुना प्रथम

चितवन , ३ असोज

पूर्वीचितवनको रत्ननगरमा आयोजित कविता वाचन प्रतियोगितामा यमुना न्यौपाने प्रथम भएकी छन् । रत्ननगर रोटरी पुस्तकालय र रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा भएको खुल्ला कविता वाचन प्रतियोगितामा यमुना न्यौपाने प्रथम भएकी हुन् भने संगम बस्याल द्धितिय , मिरा तिमल्सीना तृतिय भएकी छन् ।

त्यस्तै ममता प्रजा र सपना परियारले सान्त्वना पुरस्कार प्राप्त गरिन् । प्रथम हुनेले नगद ५ हजार, द्धितिय हुनेले नगद ४ हजार र तृतिय हुनेले नगद ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको कार्यक्रम संयोजक उपेन्द्र आचार्यले बताए । कार्यक्रमका प्रमुख अतिथी प्रदेश साँसद कृष्ण प्रसाद खनालले साहित्यबाट पनि देशमा परिवर्तनका लागि कलम निरन्तर चलाउन आग्रह गरे । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकारहरु इन्द्रराज रेग्मी, रामबाबु घिमिरे, संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।