खैरहनीका मिठाई पसलको अनुगमन , किचन सुधार गर्न निर्देशन

खैरहनीका मिठाई पसलको अनुगमन , किचन सुधार गर्न निर्देशन

चितवन , ४ कार्तिक।
पूर्वीचितवनको मिठाई पसलहरुमा आज अनुगमन गरिएको छ । अनुगमनको क्रममा सबै मिठाई पसलको किचनमा सुधार गुर्नुपर्ने आवश्यक देखिएकोले सुधार गर्न निर्देशशन दिइएको छ ।

मिठाई पसलमा बाहिर हेर्दा जति सफा देख्निछ मिठाई बनाउने स्थान सो अनुरुप नपाइएकोले तत्काल सुधार गर्न निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रदिप काफ्लेले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय , खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र उपभोक्ता अधिकार मञ्चको प्रतिनिधि सहितको अनुगमन टोलीले खैरहनीको मदन मिष्ठान्न भण्डार , ऊँ गणेश मिष्ठान्न भण्डार र श्री गणेश मिष्ठान्न भण्डारमा अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा मगनी चोकमा रहेको मदन मिठान्न भण्डारमा जेरीमा हाइड्रो प्रयोग गरेको भेटिएकोले पसलमा भएको जेरी , जास्नी नष्ट गरिएको र किचन व्यवस्थीत गर्न निर्देशन जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि उमेशराज पन्थीले जानकारी दिए । पर्सा बजारको श्री गणेश मिष्ठान्न भण्डारमा करिब १० किलो मिठाई , १० लिटर तेल , मःम को किमा लगायतको नष्ट गरिएको र कागपत्र सहित संचालकलाई कार्यालयमा आउन निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरिक्षक प्रदिप काफ्लेले बताए । त्यस्तै ऊँ गणेश मिष्ठान्नमा खुल्ला स्थानमा मिठाई बनाइरहेकोले उक्त स्थानमा मिठाई बनाउन रोक लगाइएको छ ।

अनुगमनको क्रममा मिठाई पसलहरुले किचन र सरसफाईमा हेलचेकराही गर्दै उपभोक्ताहरुको स्वास्थ्यमा खेलवाड गरेको देखिएको उपभोक्ता हित तथा अधिकार संरक्षण मञ्चका उपाध्यक्ष बिष्णुप्रसाद भुषालले बताए । त्यस्तै टोलीले राप्ती प्रथम राप्ती महोत्सवमा समेत अनुगमन गरेको छ । महोत्सवभित्र रहेका खाद्यका स्टलहरुले खुल्ला रुपमा खाद्य पदार्थ बिक्री वितरण गरेको भेटिएको थियो भने म्याद गुज्रेको पेय पदार्थ समेत फेला परेको थियो । खुल्ला रुपमा बिक्री भइरहेको खाद्य पदार्थलाई व्यवस्थीत गरेर बिक्री गर्न निर्देशन दिइएको र म्याद गुजे्रको पेयपदार्थहरु नष्ट गरेको थियो