खैरहनी नगरपालिकाद्धारा ५ लाखको फलफुलका विरुवा वितरण

चितवन , ५ साउन

चितवनको खैरहनी नगरपालिकाले गत आर्थिक वर्षमा ५ लाख रुपैया वरावरको फलफुलका विरुवा वितरण गरेको छ । गत आर्थिक वर्षमा विभिन्न प्रजातिको आँप,लिच्ची,रुख कटहर र कागतीका विरुवा वितरण गरेको नगरपालिकाका कृषि शाखा प्रमुख श्रीकान्त घिमिरेले जानकारी दिए ।

गत वर्ष व्यक्तीगत रुपमा धेरै विरुवा वितरण भएपनि यस पटक भने संस्थाहरुले वढि विरुवा लगेका छन् । कृषि शाखा प्रमुख घिमिरेका अनुसार आँप ५ हजार १ सय वोट,लिच्ची २ हजार बोट,कटहर ६ सय वोट र कागती २ हजार ६ सय वोट वितरण गरिएको हो । संस्थाहरुलाई निशुल्क र व्यक्तीगत रुपमा आएकालाई अम्रपाली आँप प्रतिवोट १५ रुपैया,अन्य आँप ९ रुपैया,लिच्ची ८ रुपैया,कागती ७ रुपैया र कटहर ५ रुपैयाका दरले वितरण गरिएको थियो ।

खैरहनीका मेयर लालमणी चौधरीले वाहिरबाट आयात हुने फलफुललाई केही हद सम्म न्युनिकरण गर्ने उदेश्य र स्थानीयको आयआर्जन गराउन विरुवा वितरण गरिएको वताए । उनका अनुसार यस पटक केही सार्वजनिक जग्गामा फलफुलका विरुवा रोपिएको छ । खैरहनी १ स्थित राजमार्गको दायाँवायाँ लगायत वडा नम्वर २ , वडा नम्वर ४ ,वडा नम्वर ६ लगायतका सार्वजनिक जग्गामा समेत फलफुल लगाईएको छ । वितरित विरुवाको रेखदेख गरि फल उत्पादन हुने सम्मको वनाउन नगरपालिकाले आग्रह गरेको छ ।