संयुक्त जेसीज सप्ताह समापन ,वक्तृत्वकलामा नेपाल आदर्श प्रथम

संयुक्त जेसीज सप्ताह समापन ,वक्तृत्वकलामा नेपाल आदर्श प्रथम

चितवन , ४ भदौ

चितवनमा रहेका जेसीज शाखाहरुले संयुक्त रुपमा आयोजना गरेको जेसीज सप्ताह सकिएको छ । जेसीज सप्ताह समापनको अवसरमा पर्सा खैरहनी जेसीजले आयोजना गरेको मा वि स्तरिय वक्तृत्वकला प्रतियोगितामा नेपाल आदर्श शिक्षा सदन प्रथम भएको छ ।

‘सकरात्मक सोचका साथ नेतृत्व विकास ’ बिषयक वक्तृत्वकलामा नेपाल आदर्श शिक्षा सदनमा कक्षा १० मा अध्ययनरत छात्रा दिल्सा छत्कुली प्रथम भएकी छिन् । त्यस्तै सैनिक आवसीय महाविद्यालयकी छात्रा सुमिना गौतम द्धितिय र कठार माविकी प्रतिष्ठा पाण्डे तृतिय भएकी छिन् । गवै माविका छात्र रामबहादुर बस्नेतले सान्तवना पुरस्कार हात पारेका छन् । प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । द्धितिय हनेलाई नगद ३ हजार, तृतिय हुनेलाई नगद २ हजार र सान्तवना हुनेलाई नगद १ हजार सहित ट्रफी ,मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगितामा खैरहनी नगरपालिकाका १६ वटा विद्यालयको सहभागिता रहेको थियो ।

नेपाल जेसीजका क्षेत्र ख का निरुपित कार्यकारीणी उपाध्यक्ष रमेशचन्द्र भुषाल प्रमुख अतिथी रहेको उक्त कार्यक्रममा विशेष अतिथि नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष अरुणेश्वर खनाल, पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर सुदिपसिंह अधिकारी, रत्ननगर जेसीजका अध्यक्ष सुभाष पोखरेल, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष अर्जुन अधिकारी, बस्तीपुर जेसीजका अध्यक्ष सुनिल अधिकारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ३ सदस्य गुणराज श्रेष्ठले लगायतले मन्तव्य व्यक्त गरेका थिए । आतिथ्यता शाखा पर्सा खैरहनी जेसिजका अध्यक्ष शंकर कंडेलको सभापतित्वमा भएको कार्यक्रममा पर्सा खैरहनी जेसीजका निवर्तमान अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०१९ का जनसम्पर्क अधिकारी अमृत मल्लले कार्यक्रममाथि प्रकाश पारेका थिए भने कार्यक्रम संयोजक विवेक न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बीसहजार जेसीजका अध्यक्ष सन्तोष मजाकोटी, नारायणगढ जेसीजका अध्यक्ष विकासमान श्रेष्ठ, नारायणगढ लेडी जेसिजकी अध्यक्ष निरू कार्की, गीतानगर जेसीजका अध्यक्ष कृष्ण सापकोटा, सौराह जेसीजका अध्यक्ष शिवप्रसाद भुषाल, सौराहा लेडी जेसिजकी अध्यक्ष लक्ष्मी बिडारी, शारदानगर जेसीजका अध्यक्ष सन्तोष घिमिरे, हेटौडाँ जेसीजका अध्यक्ष सन्देश डिसी, बसामाडी जेसीजका अध्यक्ष सरोज अधिकारी, कलैया सिटी जेसीजका अध्यक्ष राजेश कुश्वालगायतको सहभागिता रहेको थियो ।