फेसबुक र युट्युवमा निगरानी बढाउदै प्रहरी , चितवनमा १ जना पक्राउ

फेसबुक र युट्युवमा निगरानी बढाउदै प्रहरी , चितवनमा १ जना पक्राउ

चितवन , ४ भदौ

फेसबुक र युट्युवमा भ्रामक , तथ्यहिन , आपत्तिजनक र उत्तेजित सामाग्री तथा धारणहरु व्यक्त हुन लागेपछि प्रहरीले निगरानी बढाएको छ । बिशेषगरी शालिकराम पुडासैनीको मृत्यु भएको प्रकरण र रवि लामिछाने पक्राउको बिषयमा सामाजिक सञ्जालमा भ्रामक र उत्तेजित पार्ने सामाग्री आएपछि प्रहरी चनाखो बनेको हो ।

चितवन प्रहरीले बिशेष टिम नै गठन गरेर सामाजिक सञ्जालमा निगरानी गर्न सुरु गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिए । सोहि क्रममा फेसबुकमा पुर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष प्रचण्ड र भरतपुर महानगरपालिकाकी मेयर रेणु दहाललाई गालीगलौच गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको हो । प्रहरी चितवनको माडी नगरपालिका अर्विन गुरङलाई पक्राउ गरेको छ । उनीमाथी थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

त्यस्तै प्रहरीले विभिन्न युट्युव च्यानलहरुमा राखिएका सामाग्रीहरुको सत्यताको सुस्म अनुसन्धान सुरु गरेको छ । विभिन्न युट्युव च्यानलहरुले पैसा कमाउने नाममा भ्रामक हेडिङ राखेर जनतामा भ्रम पारेको प्रहरीको दावी छ । युट्युव च्यानलहरुले तथ्यहिन सामाग्रीहरु राखेर जनतालाई भ्रम तथा उत्तेजित पार्ने गरेको सर्वसाधारणबाट समेत गुनासो आइरहेको प्रहरीले बताएको छ ।