रोटरीको कार्यक्रम रक्तदान र घण्टाघर निर्माण

रोटरीको कार्यक्रम रक्तदान र घण्टाघर निर्माण

चितवन ,४ भदौ ४

मानविय र सामाजिक कार्यमा सक्रिय रहेको रोटरी क्लव अफ रत्ननगरले बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ । क्लबले शनिबार रत्ननगरको होटल स्टार बैन्क्युटमा बृहत रक्तदान कार्यक्रम गर्न लागेको हो । बार्षिक कार्यक्रम अनुरुप रक्तदान कार्यक्रम गर्न लागिएको क्लबका अध्यक्ष बिपिन पोखरेलले जानकारी दिए ।

त्यस्तै क्लबले चितवनको पर्यटकिय क्षेत्र सौराहामा घण्टाघर निर्माण गर्नेपनि तयारी गरेको छ । रत्ननगर ७ सिसुवार चोकमा पार्कसहितको घण्टाघर निर्माण गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । रोटरीले नगरपालिका र वडा कार्यालयमा घण्टाघर निर्माणको प्रस्ताव गरेको छ । रोटरीको प्रस्तावपछि त्यहाँका स्थानीयवासीले निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाएको रोटरी क्लव अफ रत्ननगरका निवर्तमान अध्यक्ष जनक पौडेलले जानकारी दिए । नगरपालिका र वडा कार्यालयले अनुमति दिएको ४ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको छ । संरक्षण नभएर खाली वसेको सार्वजनिक जग्गामा घण्टाघर निर्माण हुँदा स्थानीय समेत लाभान्वित हुने रोटरीका निवर्तमान अध्यक्ष पौडेलको दावी छ । ३० फिट अग्लो वन्ने सो घण्टाघर वरिपरि उद्यान समेत निर्माण हुनेछ ।