भरतपुर १६ का वडाध्यक्ष गुरुङको निधन

भरतपुर १६ का वडाध्यक्ष गुरुङको निधन

असोज ४, चितवन । चितवनको भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुरमान गुरुङको निधन भएको छ ।

क्यान्सरका बिरामी गुरुङको उपचारकै क्रममा शनिबार बिहान निधन भएको हो । क्यान्सरका बिरामी भए पनि किड्नीको डायलासिस गर्ने क्रममा पुरानो मेडिकल कलेजमा बिहान पौने ११ बजे उनको निधन भएको हो ।

स्थानीय निर्वाचनमा उनी तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए ।