किसानको व्यथा , धानमा बाला नलाग्दा किसानलाई चिन्ता

किसानको व्यथा , धानमा बाला नलाग्दा किसानलाई चिन्ता

असोज ४ गते । आफुले उत्पादन गरेका कृषि उपजले उचित मुल्य पाउन नसकेका चितवनका किसानहरु अहिले धानमा बाला नलाग्ने समस्याका कारण चिन्तित वनेका छन् । अघिल्लो वर्ष गरिमा जातको धानको बीउ ल्याएर रोपाई गर्दा राम्रै उत्पादन गरेका किसानहरु यस पटक सोही जातको धानको बीउबाट उत्पादन नहुँदा चिन्तामा परेका हुन् । चितवनको राप्ती,खैरहनी र रत्ननगरका किसानहरुले लगाएको धानखेतीमा बाला नलाग्ने समस्या देखिएको हो । गरिमा जातको धान लगाएका किसानहरुको खेतमा अहिले धानको गाँज मात्रै छ । बाला लाग्ने सुरसारनै छैन् । चितवन कठार १० खरखुट्टेका किसान कृष्ण प्रसाद अर्याल धान झुल्ने वेलापनि भु्रण पनि नलाग्दा आश्चर्यमा छन् । उनको १४ कठ्ठामा लगाएको धान वाला लागेर झुल्ने वेला भईसक्दा समेत भ्रुण समेत लागेको छैन् । बाला नलागेपछि चिन्तित परेका अर्याललाई अर्को वाली लगाउन हतारो पनि छ । अर्यालसहित केही किसानहरुले गरिमा नामको धान लगाएका थिए । अरु धान भन्दा छिटो उत्पादन हुने भनेर यो जातको धान त लगाए तर अहिले सम्म भ्रुणको समेत अत्तोपत्तो छैन् । धानका गाँजा भने मज्जाकै छ । आलु लगाउनकै लागि छिटो उत्पादन हुन्छ भनेर गरिमा जातको धान लगाईयो अहिले सम्म फल्ने अत्तोपत्तो छैन् किसान अर्याल भन्छन् – प्याकेटमा गरिमा लेखेर भित्र अरुनै धान हालेर हामीलाई झुक्यायो । उनले पर्सा स्थित विनम एग्रोभेट बाट ८ किलो धानको बीउ ल्याएका थिए । गरिमा जातकै धान अघिल्लो वर्ष राम्रो संग फलेको अर्यालले सुनाए । सावित्री भन्दा गरिमा धान छिटो उत्पादन हुने किसानहरु वताउँछन् । विज्ञहरुसंग यसबारे वुझ्दा धाननै फरक परेको वताएको किसान अर्यालले वताए । खैरहनी १० र ११ का किसानहरुले प्रशान्त एग्रोभेट,साझा,विनम एग्रो भेट,महिला साना किसान कृषि सहकारी संस्थाबाट गरिमा जातको बीउ खरिद गरेका थिए । व्यापारीले झुक्याएपछि यहाँका किसानहरुले वडा कार्यालयबाट सिफारीस वनाई नगरपालिकामा पत्र वुझाएका छन् । क्षतीपूर्तीका लागि पहल गरि दिन भन्दै किसानहरुले खैरहनी नगरपालिकामा पत्र वुझाएका हुन् । चैते वालीमा पनि फरक जातको धान परेपछि भुस मात्रै उत्पादन भएको थियो । त्यो वेला धानको बीउ उत्पादन गर्ने सर्लाहीको एक व्यापारीले चितवनका किसानहरुलाई क्षतीपूर्ती तिरेका समेत थिए । धान खेतीका लागि चितवन उर्वर भुमी मानिन्छ । चितवनको राप्ती,खैरहनी र रत्ननगर धान उत्पादनको पकेट क्षेत्र समेत मानिन्छ । भरतपुरको पश्चिम क्षेत्र र माडीमा पनि धान उत्पादन हुदै आएको छ ।